काठमाडौं। विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गर्दै डिसहोमले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्त्वलाई ध्यानमा राख्दै कम्पनीले प्रभावित ग्राहकलाई थप १५ दिन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको हो। कम्पनीका अनुसार डिसहोम इन्टरनेटको पहुँच पुगेका प्रभावित क्षेत्रका…