सुर्खेत । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषधको प्रयोग र कारोबारलाई नियन्त्रण गर्न कस्सिएर लागेको छ । सोही अनुसार लागुऔषध भित्रिन सक्ने नाका तथा चेक पोस्टहरूमा तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्ने गरेको छ । विशेषगरी कर्णालीमा नेपालगञ्ज हुँदै लागुऔषध भित्रिने गरेको देखिन्छ । बिहीबार मात्रै नेपालगञ्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको एक गाडीबाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ…