काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै Ramada by Wyndham Itahari ले “द ग्रान्ड काउन्टडाउन २०८३” नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। अप्रिल ११ तारिख साँझ ७ बजेदेखि सुरु हुने यो कार्यक्रम राति अबेरसम्म सञ्चालन हुने जनाइएको छ।
“युफोरिया” थिममा आधारित कार्यक्रममार्फत सहभागीलाई संगीत, भोजन र मनोरञ्जनको संयोजनसहित फरक अनुभव दिने लक्ष्य राखिएको होटलले जनाएको छ। कार्यक्रममा प्रत्येक पाहुनालाई कम्प्लिमेन्ट्री ड्रिंकसहित गाला डिनरको व्यवस्था गरिनेछ। साथै, लाइभ डिजे, डान्स फ्लोर र क्यास बार काउन्टरको सुविधा पनि उपलब्ध हुनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा Achal and the Amicus ब्यान्डको लाइभ प्रस्तुति रहनेछ, जसले सहभागीलाई रातभर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
टिकट दर प्रतिव्यक्ति ५ हजार रुपैयाँ र जोडीका लागि ८ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, रुम प्याकेजअन्तर्गत सिंगलका लागि ८ हजार र जोडीका लागि १२ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसमा इभेन्ट प्रवेशसँगै भोलिपल्टको ब्रेकफास्टसमेत समावेश हुनेछ।
कार्यक्रमका लागि सीमित अवधिसम्म पहिलो २० टिकटमा २० प्रतिशत ‘अर्ली बर्ड’ छुटको व्यवस्था गरिएको छ। होटलले छिटो बुकिङ गर्न आग्रह गर्दै उक्त अफर चाँडै सकिन सक्ने जनाएको छ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रमा अवस्थित रमादा बाई विन्धाम इटहरी ८१ कोठा तथा सुइट्ससहित सञ्चालनमा रहेको छ। होटलमा NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बार जस्ता रेस्टुरेन्ट तथा स्विमिङ पुल, फिटनेस सेन्टरलगायतका आधुनिक सुविधा उपलब्ध छन्।
होटल व्यवस्थापनका अनुसार, “द ग्रान्ड काउन्टडाउन २०८३” यस सिजनकै चर्चित कार्यक्रम बन्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया