मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाद्रेभीरमा आइतबार दिउँसो ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी भ्यान हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको थियो।…