Logo

प्रमुख समाचार

दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए



काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो ।

तर दशैंको महअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए ।

महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशस् कम हुँदै गएको उनले बताए ।

उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ । तर तिब्र गतिमा सवारी चलाउने, लापसे–मापसे गर्नेहरुलाई कडाइ गरिएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आईतवार १७:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।