भोजपुर । जिल्लाका ग्रामीण क्षेत्रमा किसान यतिबेला चैतेधान रोपाइँमा व्यस्त भएका छन्। तापक्रम बढेसँगै सिँचाइ सुविधा भएका फाँटमा रोपाइँको चटारो बढेको हो। हतुवागढी, अरुण र षडानन्द नगरपालिका क्षेत्रमा किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन्। छोटो अवधिमा पाक्ने भएकाले चैतेधानबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिने किसानहरूको भनाइ छ। फागुन अन्तिमदेखि चैतसम्म रोपिने चैतेधान असार अन्तिमदेखि…