Logo

राजनीति

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए।

“उहाँको आज स्वास्थ्य परीक्षण गरियो। परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो। बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ। मिर्गौला पनि ठीक रहेको छ”, उनले भने।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०६:३०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।