दुबई । पश्चिम एसियामा जारी तनावका बिच दुबईमा इरानी क्षेप्यास्त्रको भिडियो खिचेको आरोपमा ६० वर्षीय एक बेलायती पर्यटक पक्राउ परेका छन्। यूएईको कडा साइबर अपराध कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको हो। यूएईको सार्वजनिक सुरक्षामा खलल पुर्याउने खालका सामग्री प्रकाशन वा सेयर गर्न निषेध गर्ने कानुन उल्लङ्घन गरेको भन्दै ती पर्यटकलाई नियन्त्रणमा लिइएको डिटेन्ड इन दुबई नामक संस्थाले…