Logo

राजनीति

राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य निस्कासित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका दुई नेताहरूमाथि कारबाही गरेको छ ।
पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको हो।

उनीहरू दुवैलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी हितविपरीतका गतिविधि गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो । उनीहरू दुवैले पार्टीका विरुद्धमा समाजिक संजाल लगायतमा नकारात्मक प्रचार गर्ने र अफवाह फैलाउने गर्दै आएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार २१:४९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।