पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखाएका छन् ।
बिहीबार निर्वाचन आयोगमा पेस गरिएको विवरणमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको हो । सबैभन्दा बढी होटलको खाना र बासमा खर्च भएको छ ।
यो शीर्षकमा १३ लाख ७ हजार भन्दा बढी खर्च देखाएका हुन् । यातायात र मर्मतमा ६ लाख ६० हजार र डिजेलमा ३ लाख ६० हजार खर्च गरेका छन् ।
१ लाख ४० हजार चालकलाई ज्याला दिएका उनले प्रचार प्रसार सामग्रीमा २ लाख ९० हजार खर्च भएको देखाएका छन् ।
यसबाहेक, मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बताए ।





















प्रतिक्रिया