काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसदको अभिलेखबाट हटाउन…