Logo

राजनीति

राष्ट्रपतिले गरे दुई अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रसँग सम्बन्धित दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्।

जारी भएका अध्यादेशमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ रहेका छन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमार्फत दुवै अध्यादेश जारी भएको जानकारी दिइएको हो।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १९:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।