काठमाडौं । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोकको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। कमाण्ड पोस्टका अनुसार मनसुनका कारण राजमार्ग क्षेत्रमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले…