मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोकको बैठकले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
कमाण्ड पोस्टका अनुसार मनसुनका कारण राजमार्ग क्षेत्रमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा सवारी आवागमन रोकिएको हो।
त्यस्तै, रोक लगाइएको समयबाहेक राजमार्ग प्रयोग गर्दा पनि सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग आवश्यक जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

















प्रतिक्रिया