Logo

बालेनसँगको वार्तापछि रविले भने– छलफल सकारात्मक भयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । सभापति लामिछानेले मेयर शाहसँगको छलफल सकारात्मक भएको बताए ।