काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताएका छन्। आइतबार पार्टीको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवाद र बल प्रयोगको सिद्धान्तलाई महत्व दिनुपर्ने धारणा राखे। उनले सम्मेलनमा पार्टीका पूर्वमहासचिव धर्मेन्द्र बास्तोलाको राजनीतिक तथा सैद्धान्तिक…