काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, हिंसापीडित तथा लैङ्गिक हिंसामा परेकालाई छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत सेवा प्रदान गर्ने सम्झौता महानगरले चालु आर्थिक वर्षमै गरेको हो । उपप्रमुख सुनिता डंगोलकाअनुसार पारिवारिक सहारा नपाई उपचारबाट वञ्चित हुनेलाई महानगर पालिकाले टेवा…