Logo

समाचार

सामाजिक सुरक्षा भत्ता पाउनेलाई काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउने भएको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, हिंसापीडित तथा लैङ्गिक हिंसामा परेकालाई छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत सेवा प्रदान गर्ने सम्झौता महानगरले चालु आर्थिक वर्षमै गरेको हो ।

उपप्रमुख सुनिता डंगोलकाअनुसार पारिवारिक सहारा नपाई उपचारबाट वञ्चित हुनेलाई महानगर पालिकाले टेवा दिने व्यवस्था सुखद सुरुवात हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दुरुपयोग रोक्ने र आवश्यक व्यक्तिले सहज रूपमा सेवा पाउने प्रणालीमा अस्पताललाई ध्यान दिन आग्रह गरे।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले कामपाको सहकार्यपछि समुदायमा स्वास्थ्यप्रतिको जागरूकता बढेको बताए ।

चालु वर्षका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ, जसमा अस्पतालले ३० प्रतिशत थप गरी १ करोड ८० लाख बराबरको सेवा प्रदान गर्नेछ । सेवा लिन आवश्यक कागजातमा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्ड, राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १७:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।