काठमाडौं । रामेछाप कारागारबाट बिहीबार बिहान कैदीले ताल्चा फोडेर भाग्न खोज्दा नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाउँदा २ जनाको मृत्यु भएको छ। केही घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कारागार पुनः नियन्त्रणमा लिइएको छ। कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।