काठमाडौं। पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई यस वर्षको ’हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ। नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा श्रेष्ठलाई न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी आगामी असार २६ गते बिहीबार पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई अभिनन्दनपत्रसहित…