काठमाडाैं । नेपालमा डिजिटल पहुँच विस्तार गर्ने र आर्थिक रुपान्तरणको नयाँ युग सुरु गर्ने उद्देश्यसहित इन्टरनेशनल फाइनान्स कर्पोरेशन, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडबीच २९ मिलियन अमेरिकी डलर (झण्डै ४ अर्ब रुपैयाँ)को लगानी सम्झौता भएको छ ।
यो लगानी वर्ल्डलिंक र यसको सहायक संस्था डेटा वर्ल्ड लिमिटेडको फाइबर नेटवर्क विस्तार र अत्याधुनिक डेटा सेन्टर निर्माणमा खर्च हुनेछ ।
यस परियोजनाले नेपालभर ब्रडब्यान्ड पहुँच विस्तार गर्नुका साथै ग्रामीण भेगमा समेत उच्चगति इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ । नेपालकै पहिलो EDGE सर्टिफाइड डेटा सेन्टरसहित विभिन्न आधुनिक सुविधा सम्पन्न संरचना निर्माण गरिनेछ ।
‘कनेक्टिभिटी नै अवसरको पुल हो,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘आईएफसी र स्ट्यान्डर्ड चार्टर्डको साझेदारीले यो पुल नेपालभर फैलाउने हाम्रो लक्ष्यलाई मजबुत बनाएको छ।’
नेपाल सरकारको १६औं राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्क अनुसार सर्वत्र इन्टरनेट पहुँच, पूर्वाधार विकास र प्रविधिको समावेशी प्रयोगका लागि यो लगानी महत्वपूर्ण मानिएको छ ।




















प्रतिक्रिया