काठमाडाैं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाण्डौमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो। निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ । जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, सुरुचिपूर्ण र आधुनिक…