काठमाडाैं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले सहिद मार्गको घोराही–रोल्पाखण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडकखण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए । ‘चालू आर्थिक वर्ष ०८१/८२ मा सहिद…