काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घरजग्गा खरिदका लागि करिब चार खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ९८ अर्ब १५ करोड २० लाख रुपैयाँ कर्जा दिएका हुन् । जुन एक वर्षअघिको तुलनामा २० अर्ब ४८ करोड ४० लाख रुपैयाँ…