काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयातकाे अनुमति पाएकाे छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो । नेपालले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुशवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट…