Logo

राजनीति

माधवलाई भेटेपछि वामदेवले भने- नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ



काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि वामदेव गौतमले नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ भन्ने कुरा भएको बताएका छन् ।

अध्यक्ष नेपाललाई भेट्न नेता गौतम बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।

अध्यक्ष नेपालसँगको भेटपछि गौतमले भनेका छन्, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

उनले एकीकृत समाजवादीमा जाने सम्भावना रहेको बताए ।

एकीकृत समाजवादी र नेता गौतम नेतृत्वको अभियानबीच एकता गर्ने छलफल चलिरहेको छ। नेकपा विघटनपछि नेता गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेको छ ।

अध्यक्ष नेपाल र नेता गौतमबीच यसअघि पनि पार्टी एकता गर्नेबारे छलफल भएको थियो ।

 

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १६:५८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।