काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलाले सामाजिक सञ्जालमा शव व्यवस्थापनबारे सरकारलाई सुझाव दिएको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे खटाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई शव व्यवस्थापनका लागि टिमुरे खटाउने निर्णय गरेको हो । निरौलाले शनिबार फेसबुकमा ‘फोकटको सल्लाह’ शीर्षकमा लामो स्टाटस लेख्दै…