जनकपुर । जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित लेनदेन, बक्यौता तथा अन्य दायित्वसम्बन्धी दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी प्रमाणसहित पेस गर्न आग्रह गरेको हो…