Logo

समाचार

करिब १ करोड बराबरको सुन र नगद चोरीमा संलग्न ५ जना पक्राउ



काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीमा सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत असोज १८ गते भएको चोरीमा ८४ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार आरोपितहरूलाई शनिबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट चोरी भएका ६ तोला ८९ लाल सुनका गहना र दुई लाख ७० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ का २८ वर्षीय सिजल तामाङ, दोलखाको भीमेश्वर नगरपालिका–७ की २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौंका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटका ४५ वर्षीय जितबहादुर विश्वकर्मा छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।