काठमाडौं । संस्कृतिविद् राम दयाल राकेशले घटस्थापनामा जौं को जमरा राख्ने परम्परा दशैँको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पक्ष भएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले घटस्थापनाका दिन घरमा इष्टदेवता र कुलदेवताको स्थानमा जौं छरेर जमरा उमार्ने र विजयादशमीका दिन त्यसलाई आफूभन्दा सानाको शिरमा राखेर आशीर्वाद दिने परम्परा रहेको बताए। ‘घटस्थापनामा प्रत्येक घरमा आफ्नो…