काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडबाट उच्च व्यवस्थापन तहका कर्मचारीसहित ६ जना सिनियर कर्मचारी बाहिरिएका छन्। बैंक नेतृत्वसँग असहयोग गरेको भन्दै पटक–पटक बाहिरिन आग्रह गरिएका कर्मचारीलाई अन्तत: १५ महिनाको तलबबराबरको सुविधा दिएर भीआरएसमार्फत् बिदा गरिएको हो। बैंकबाट बाहिरिनेमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, म्यानेजर कैलाश…