काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा महत्वपूर्ण कानुनी व्याख्या गर्दै मुख्य कसुरदार मात्र नभई कसुर गर्न सहयोग गर्ने ‘मतियार’लाई पनि सजाय गर्न सकिने नजिर स्थापित गरेको छ। अदालतले सम्पत्ति शुद्धीकरणको अपराधमा संलग्न व्यक्तिले आफ्नो सम्पत्तिको वैध स्रोत प्रमाणित गर्न नसकेमा दोषी ठहर गर्न सकिने स्पष्ट पारेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रदीपकुमार चौरसिया र…