Logo

राजनीति

नेपाली कांग्रेस फुटिसक्यो: शशांक कोइराला



विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । एकताको ब्यानरमा विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज यो विभाजनको अवस्थामा आइपुगेको आरोप लगाए ।

अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे ।

उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने बताए ।

उनले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।’

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार १६:४५   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।