काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेकै अवस्थामा स्वास्थ्य बीमा धान्न नसकिने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसदका जिज्ञासको जवाफ दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले स्वास्थ्य बीमालाई पुनर्संरचना गर्नुपर्ने बताए। ‘स्वास्थ्य बिमा पेचिलो विषय छ,’ उनले भने। स्वास्थ्य बीमाका लागि पैसा दिँदादिँदै पनि धान्न मुस्किल भएको बताए। उनका अनुसार,…