Logo

प्रमुख समाचार

रास्वपा कोशीको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित



विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी भएका छन् । ४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राई रास्वपा कोशीको पहिलो अधिवेशनबाट सभापतिमा मोरङका राई निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनले २८० मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले १४१ मत प्राप्त गरिन् भने, अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित सभापति राईको पुर्ख्यौली घर भोजपुरको दावा हो । उनका बुबा २०२० सालमा मोरङको होक्लाबारी झरेका हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १७:२७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।