काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापासँग संवाद नभएको ३१ दिन भएको बताएका छन्। खड्काले सामाजिक सञ्जाल मार्फत आइतबार आफ्नो संवाद सभापति थापासँग ३१ दिन देखि नभएको बताएका हुन्। आफूले २ महिनादेखि पार्टीको एकताका लागि प्रयास गर्दा पनि प्रगति नभएको बताएका छन्। ‘सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको संवाद…