काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन् । आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले…