सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्ने महिला धमिला चौलागाईलाई नगरप्रमुख मोहनमाया ढकालले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएकी छन् । बुधबार नगरप्रमुखको कार्यकक्षमा बोलाएर ढकालले उनलाई राहत तथा प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ प्रदान गरेकी हुन् । मंगलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्कमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले धमिलाको काफलको डालो जबरजस्ती…