Logo

अर्थ

बैंकरलाई आत्महत्या गर्न बाध्य बनाईको घटाउनप्रति ‘एफआईइयूएन’को गम्भीर आपत्ति



काठमाडौं । ग्लोबल आईएमइ बैंकका सिईओ, डेपुटी सिईओ लगायतका उच्च अधिकारको नाममा सुसाईट नोट लेखी कर्मचारीले आत्महत्या गरेको घटनाप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (एफआईइयूएन)ले चिन्ता व्यक्त गरेको छ।

केही दिनअघि मात्रै ग्लोबल आईएमई बैंक, विराटनगर साखामा कार्यरत कर्मचारी पिताम्बर खड्काले सिईओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहित ४ जनाको नाम लिँदै आत्महत्या गरेका थिए।

खड्काको निधनप्रति श्रद्धाञ्जलि दिँदै संघले सो घटनाले समग्र बैंकिङ तथा वित्तीय क्षेत्रलाई स्तब्ध बनाएको स्मरण गराएको छ।

बैंक तथा वित्तीय संस्थमा कार्यरत कर्मचारीले भोग्नु परेको चरम दबाबसँगै यसले निम्त्याएको अप्रत्याशित घटाउनना र पर्न सक्ने प्रभावबारे समेत संघले सम्बन्धि सबैको ध्यानाकर्षण गराएको छ।

संघले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको स्वास्थ्य र जीवनभन्दा बढी व्यावसायिक नाफालाई महत्व दिने गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएको हो।

सिईओसहितका उच्च अधिकारीहरुले दवाव दिएर जागिर छोड्न बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सिईओ रेग्मीसहित ४ जनाविरुद्द जाहेरी दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।