काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सञ्चारकर्मीलाई सहज रूपमा समाचार संकलन र प्रसारण गर्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले बताएका छन् । काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनबारे जानकारी दिँदै भण्डारीले देश तथा विदेशबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्तासँगै विश्वभर रहेका कांग्रेसप्रति आस्था राख्ने नागरिकलाई महाधिवेशनका गतिविधिबारे जानकारी दिन मिडियालाई प्राथमिकताका…