काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगन्ज मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिएका छन् । सरकारले निर्धारण गरेभन्दा इन्टर्नसिपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख गैरकानुनी रूपमा माग गरेपछि प्रशासन गुहार्न पुगेका हुन् । उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने माग गर्दै उजुरी…