काठमाडाैं । निसानले आफ्नो चर्चित गाडी म्याग्नाइटको नयाँ रुप नेपालमा बिक्री सुरू गरेको छ । निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ल्याएको यो गाडी डिजाइन, सुरक्षा र आरामका हिसाबले थप परिमार्जन गरिएको उल्लेख गरेको छ । शुक्रबारबाट बिक्री सुरू गरिएको यो गाडी दुई फरक इन्जिन र ११ मोडलमा उपलब्ध भएको बिक्रेता कम्पनीले जनाएको छ…