काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा दोहोरो अंकले बढेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा २७.७० प्रतिशत बढी हो ।…