Logo

अर्थ

रूपन्देहीमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन



रूपन्देही । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा सेवा प्रवाहका लागि नयाँ भवनको उद्घाटन गरेको छ ।

आज मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच कार्यालय भवन सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गरे । उनले बैंकको प्रगतिको कामना पनि गरे ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए ।

उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार  ५ : १९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।