Logo

कर्पोरेट फोकस

माछापुच्छ्रे बैंकको अधिकांश सूचकको ओरालो यात्रा



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको प्रमुख सूचकहरु घटेका छन् ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएको छ । त्यस्तै खराब कर्जा बढेर ३.६८ प्रतिशत पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६.९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ३०.७५ प्रतिशतले घटेर १ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेर ९ रुपैयाँ ८१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४५.५ रुपैयाँ छ।

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  ९ : ५३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।