काठमाडौं । भिभोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन 'भिभो V70' औपचारिक रूपमा सार्वजनिक गरेको छ। तर, यसको उच्च मूल्यका कारण उपभोक्ता र बजार विश्लेषकहरूबीच आलोचना सुरु भइसकेको छ। कम्पनीले यस फोनको १२/२५६ जीबी भेरियन्टको मूल्य ५३,९९९ रुपैयाँ र १२/५१२ जीबी भेरियन्टको मूल्य ६४,९९९ रुपैयाँ तोकेको छ। फोनमा ५० मेगापिक्सेल ZEISS सुपर टेलिफोटो क्यामेरा, ४K ६० fps…