काठमाडाैं । सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिलाउन दुवै पक्षबिच सम्झौता गरिएको छ ।
सम्झौताअनुसार जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउनेछन् । यस्तो छुट प्राप्त गर्न बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गर्नुपर्नेछ ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।




















प्रतिक्रिया