काठमाडौं । भिभोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ‘भिभो V70’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। तर, यसको उच्च मूल्यका कारण उपभोक्ता र बजार विश्लेषकहरूबीच आलोचना सुरु भइसकेको छ।
कम्पनीले यस फोनको १२/२५६ जीबी भेरियन्टको मूल्य ५३,९९९ रुपैयाँ र १२/५१२ जीबी भेरियन्टको मूल्य ६४,९९९ रुपैयाँ तोकेको छ। फोनमा ५० मेगापिक्सेल ZEISS सुपर टेलिफोटो क्यामेरा, ४K ६० fps भिडियो रेकर्डिङ, ६५०० mAh ब्याट्री र १२० Hz OLED डिस्प्ले जस्ता विशेषता रहेको कम्पनीले दाबी गरेको छ। तर, धेरै उपभोक्ताहरूले यी फिचरहरूका लागि नेपाली बजारमा मूल्य अत्यधिक महँगो भएको टिप्पणी गरेका छन्।
पछिल्लो समय स्मार्टफोन कम्पनीहरूले आकर्षक क्यामेरा फिचर, सेलिब्रेटी शैलीको मार्केटिङ र सीमित समयका उपहारहरू प्रयोग गरेर महँगो मूल्यका मोबाइललाई पनि जायज ठहर्याउने प्रयास गरिरहेका गुनासो व्यापक छन्।
हालै सार्वजनिक ‘भिभो V70’ को हकमा पनि कम्पनीले प्रारम्भिक खरिदकर्ताका लागि फ्रि इयरबड्स, स्क्रिन रिप्लेसमेन्ट, पानीबाट हुने क्षतिबाट सुरक्षा तथा EV स्कुटर जित्ने अवसर समेत दिएको जनाएको छ।
तर, भिभोका अधिकांस उपभोक्ताहरूका अनुसार यस्ता अफरहरू फोनको वास्तविक महँगोपनबाट ध्यान हटाउने रणनीति मात्र हुन सक्ने बताइएको छ। केहीले पछिल्लो समय बढ्दो ०% EMI योजना प्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरूकाअनुसार यस्तो योजनाले मानिसहरूलाई आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गर्न प्रोत्साहित गर्न सक्छ।
नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको र उपभोक्ताको खरिद क्षमता कमजोर भइरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नजिकको अर्को स्मार्टफोन सार्वजनिक हुनु ब्रान्डहरूले सस्तो र पहुँचयोग्य उत्पादनभन्दा बढी लक्जरी मार्केटिङमा ध्यान दिइरहेका छन् कि भन्ने बहस समेत सुरु भएको छ।
यद्यपि Vivo ले Vivo V70 लाई प्रिमियम फ्ल्यागशिप फोनको रूपमा प्रस्तुत गरेको छ। तर, धेरै सम्भावित ग्राहकहरूका अनुसार यसको मूल्य साधारण उपभोक्ताको पहुँचभन्दा बाहिर पर्न सक्ने देखिएको छ।





















प्रतिक्रिया