पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्मको सडक चार लेनको बन्दैछ । तीन खण्डमा स्तरोन्नति हुने सडकको आँबुखैरेनीदेखी पोखरासम्म ८१ किलोमिटर सडक निर्माण्को जिम्मा दुई चिनियाँ कम्पनीलाई दिइएको छ । मुग्लिन-पोखरा चार लेन सडक आयोजनाअन्तर्गतको आँबुखैरनी-जामुने पुर्वी खण्डमा सडक फराकिलो पार्ने काम भइरहेको छ । सडक फराकिलो बनाउँदा बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको चुनपहरा भत्कने आशंकाले यहाँका पर्यटन व्यवसायी र पर्यटनसँग…