चितवन, वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्यधिक आद्रता भएको जमीनलाई सिमसार भनिने बताउछन् । उनका अनुसार…